रजनीकान्तको स्वास्थ्य सुधारोन्मुख
फिल्म शुटिङका क्रममा ब्लड प्रेसरको समस्या देखिएपछि अस्पताल लगिएका सुपरस्टार रजनीकान्तको स्वास्थ्य सुधारोन्मुख रहेको अस्पतालले जनाएको छ।
रजनीकान्त शुक्रवार ब्लड प्रेसरको समस्या देखिएपछि हैदराबादस्थित अपोलो अस्पतालमा भर्ना भएका थिए। अस्पतालले रजनीकान्तको स्वास्थ्यबारे जानकारी दिँदै उनमा कुनै गम्भीर समस्या नरहेको स्पष्ट पारेको छ।
रजनीलाई डिस्चार्ज गर्नेबारे आज निर्णय लिइने अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ।
‘सबै रिपोर्ट हेर्दा चिन्ताको कुरा छैन। चिकित्सकले कहिले डिस्चार्ज गर्ने भन्ने निर्णय आजै लिनेछन्,’ विज्ञप्तिमा भनिएको छ।