वेस्टह्याम युनाइटेडले ब्राइटनलाई बराबरीमा रोक्यो


काठमाडौं। इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार बेलुका भएको खेलमा वेस्टह्याम युनाइटेड र ब्राइटनले बराबरी खेल्दै अंक बाँडेका छन् । वेस्टह्यामको घरेलु मैदानमा भएको खेल २-२ को बराबरीमा सकिएको हो ।

दुइपटकसम्म बनाएको अग्रता जोगाउन नसक्दा ब्राइटन बराबरीमा रोकिएको हो । खेलमा सुरुवाती अग्रता ब्राइटनले लिएको थियो ।४४औं मिनेटमा निल मउपेले गोल गर्दै पाहुना टोलीलाई खेलमा अगाडि ल्याएका थिए । पहिलो हाफ १-० मै सकिएको थियो ।ब्राइटन जीततर्फ लम्किरहेका बेला ८२औं मिनेटमा वेस्टह्यामका टोमस सोउसेकले गोल गर्दै ब्राइटनबाट अंक खोसे ।

यस बराबरीपछि १५ खेलबाट २२ अंक भएको वेस्टह्याम अंकतालिकाको १०औं स्थानमा यथावत छ भने ब्राइन १३ अंकसहित १६औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *