संविधानको संरक्षण र कार्यान्वयन गर्नुपर्नेहरु जाली निस्किए : गगन थापा


काठमाडौं । कांग्रेस नेता गगन थापाले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान धुजा-धुजा पारिएको बताएका छन् । प्रधानमन्त्रीबाट संविधानमा हुँदै नभएको विशेष अधिकार प्रयोग गरेर संसद् विघटन गर्नु र राष्ट्रपतिले समान्य छलफलसमेत नगरी त्यस्तो असंवैधानिक निर्णय अनुमोदन गर्नुले उनीहरु दुवैको कदम बदनियतपूर्ण भएको बताए ।

थापाले भने, ‘‘संसद्‌को अधिवेशन ६ महिनासम्म नबोलाएर संसद्‌लाई औचित्यहीन बनाउन खोजियो भन्दै प्रधानमन्त्रीले कुतर्कसहित संसद् विघटन गरेका छन्, राष्ट्रपतिले त्यसमा ठप्पा लगाएकी छन् ।’’
उनले बदनियतसहित प्रधानमन्त्री र राष्ट्रपतिको मिलेमतोमा संसद् विघटन गरी संविधानलाई नै औचित्यहिन बनाउने प्रयास भएको बताए ।‘
‘नेकपाका ८३ सांसदले संविधानअनुरुप संसद् अधिवेशन माग गर्दै समावेदन गर्दा निवेदन दर्ता नगर्ने राष्ट्रपतिले असंवैधानिक रुपमा प्रधानमन्त्रीले गरेको सिफारिस अनुमोदन गरेकी छन् यो उनको बदनियतबाट भएको हो,’’ थापाले भने, ‘‘यहाँ त संविधानको संरक्षण र कार्यान्वयन गर्नुपर्ने प्रधानमन्त्री केपी ओली र संविधानको संरक्षक विद्या भण्डारी नै जाली निस्किए ।’’
उनले राष्ट्रप्रमुख र सरकार प्रमुखबाट भएको अपराध अदालतले सच्याइदिने विश्वास गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *