गुप्तचरको उच्च निगरानीमा नेपाल कम्युनिस्ट पार्टीका शिर्ष तीन नेता
राष्ट्रिय अनुसन्धान विभागले नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’,माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालविरुद्ध उच्च निगरानी सुरु गरेको छ ।प्रधानमन्त्री ओलीको निर्देशनपछि विभागले तीन नेताहरुका गतिविधिमा निगरानी बढाएको बताइन्छ ।
सत्तारुढ नेकपामा बिवाद बढेपछि यसअघि पनि विभागले प्रचण्ड र नेपालको गतिविधिको निगरानी गर्न उनीहरुका निवास वरपर निगरानी बढाएको थियो भने पार्टी नै बिभाजन भएपछि तीन नेताले गर्ने गरेका गतिविधि र उनीहरुका भेटघाटका सूचना संकलन गरेर बालुवाटारमा रिपोर्ट पेश गर्न निर्देशन दिएको बुझिएको छ ।
सादा पोसाकमा परिचालित हुने राष्ट्रिय अनुसन्धान विभागका कर्मचारीले तीनजना नेताहरुको निवास वरपर र उनीहरु संलग्न हुने सम्भावित भेलास्थल वरपर खटिएका छन् ।
यस्तै प्रधानमन्त्रीको ओलीका गतिविधि नचुहाउनसमेत अन्य सुरक्षा निकायलाई निर्देशन दिइएको बताइन्छ।