४० को दशकपछि निरन्तर प्रतिगमनको पक्षमा छन् ओली : डा.बाबुराम भट्टराई
काठमाडौं। जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटनको कडा विरोध गरेका छन्।संविधानमै कही नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी ओलीले संसद भंग गरेको भन्दै भट्टराईले संविधानमा शासकीय व्यवस्थामा गल्ती भएको उल्लेख गरे।
‘बेलायतमा पानी पर्यो भने यहाँ छाता ओढेर हुँदैन। त्यहाँको संसद बिघटन यहाँ गरेर हुँदैन। त्यो पुँजीवादको उच्चतम प्रयोग हो। संविधानमा कहि छैन विघटन। संविधानमा शासकीय ब्यबस्थामा गल्ती भएको छ,’ उनले भने।
भट्टराईले ओली ४० को दशकपछि निरन्तर प्रतिगमनको पक्षमा रहेको आरोप लगाए। ‘ओलीले आफूलाई भन्ने कम्युनिस्ट बनाउने राम मन्दिर। यो गलत छ। उनलाई प्रम बनाउनु नै गलत भयो,’ उनले भने।