१० दिनमै सकियो हिन्दी सिनेमाको शुटिंग !


अभिनेता कार्तिक आर्यनले ले फिल्मको फस्टलुक सार्वजनिक गरेको केहि दिनमा नै फिल्मको छायांकन सकिएको घोषणा गरेकाछन्।
३ सय जनाको यूनिटलाई एउटा होटलमा राखेर फिल्मको छायांकन गरिएको थियो । निकै सरक्षित तरिकारले फिल्मको छायांकन गरिएको फिल्म युनिटले बताएका छन्। उनीहरुको अनुसार होटल प्रवेश अगाडि सबै सदस्यको कोभिड परिक्षण पनि गरिएको थियो भने होटलबाट बाहिर जान र आउन रोकिएको थियो ।

लामो समयसम्मको सुटिङबाट मुक्त हुनका लागि निर्माण टिमले वर्कशपमा ध्यान दिएको थियो । वर्कसपमा नै समिय खर्चिएका कार्तिकले यो फिल्मका लागि १४ दिनको समय दिएका थिए ।
उनले १४ दिनका लागि फिल्मलाई समय दिए पनि फिल्मको छायांकन १० दिनमै सकिए पछि उनी दंग देखिए। यसका लागि निर्देशक राम माधवानीले छायांकन अगाडि नै सबै तयारी पुरा गरेका थिए ।
यसैले पनि उनका लागि बारम्बार टेक लिनुपर्ने झन्झट नरहेको भारतीय मिडियाले छापेका छन् । फिल्म एक आतंकवादी हमलाको वरिपरीमा कथा घुमेको बुझिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *