‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभमुहूर्त
रामबाबु गुरुङको निर्देशन रहने चलचित्र ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभमुहूर्त गरिएको छ । भाटभटेनी मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै मुहूर्त गरिएको हो ।
सिनेमाको शुभमुहूर्तमा निर्देशक गुरुङसहित सिनेमाका मुख्य कलाकार दयाहाङ राई र आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायतको उपस्थिति थियो ।
चलचित्रको छायांकन असोज ५ गतेबाट ओखलढुंगाको रुम्जाटारबाट सुरु हुने निर्माण पक्षले जनाएको छ ।
चलचित्रले शैक्षिक बेरोजगारीले युवामा ल्याएको निराशाको कथा भन्नेछ । चलचित्र २०८१ को नयाँ वर्षमा रिलिज हुनेछ ।