इन्जिनियरिङ अध्ययनको शुल्क पूनरावलोकन गर्न समिति गठन
त्रिभुवन विश्वविद्यालयमा इन्जिनिरिङ संकायतर्फ बढेको शुल्क पुनरावलोकनका लागि समिति गठन भएको छ। त्रिवि इन्जिनिरिङ अध्ययन संस्थानले समिति गठन गरेको हो।
त्रिवि इन्जिनिरिङ अध्ययन संस्थान डिनको कार्यालयले पुल्चोक इन्जिनियरङ क्याम्पसका सह प्रध्यापक डा हरिराम पराजुलीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरेको हो।
यसअघि ३ लाख १३ हजार रुपैयाँ रहेको इन्जिनियरिङ अध्ययनको शुल्क वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्याइएको थियो। उक्त शुल्कवृद्धिको विरोधमा पुल्चोक क्याम्पसमा अध्ययनरत छात्र सुलभ चापागाईले आमरण अनसन गरेका थिए। विभिन्न विद्यार्थी संघ संस्थाहरुले शुल्क वृद्धिको विरोध गर्दै बालुवाटार घेराउ समेत गरेका थिए।
त्रिवि र आन्दोलनरत विद्यार्थीहरुबीच शुल्क वृद्धि फिर्ता लिने सहमति भएपछि विद्यार्थीहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए। उक्त सहमतिपछि बनेको शुल्क पूनरावलोकन समितिले विभिन्न शैक्षिक कार्यक्रमका लागि निर्धारण गरिएको शुल्कमा पूनरावलोकन गरी ७ दिन भित्र प्रतिवेदन पेस गर्न भनेको छ।