प्रचण्ड-नेपाल समूहका नेतासँग बामदेवको छलफल
काठमाडौँ। नेकपाका उपाध्यक्ष बामदेव गौतम नेकपाको प्रचण्ड–नेपाल समूहसँग छलफलमा फर्किएका छन् ।
प्रचण्डलाई भेट्न बामदेव विहानै खुमलटार पुगेका थिए। प्रचण्ड निवास खुमलटारमा उपाध्यक्ष गौतम करिब ४५ मिनेट छलफल गरेर फर्किएका थिए ।
प्रचण्ड–गौतमबीच पार्टीको पछिल्लो गतिविधि र दुवै पक्षको भेला, बैठकबारेमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि नेकपा विभाजन भएसँगै उपाध्यक्ष गौतम कुनै पनि समूहको बैठकमा गएका छैनन् । उनले केही दिन पहिला कुनै पनि पक्षको भेलामा नजाने बताएका थिए ।