लाभांश घोषणा गर्ने पहिलो बैंक बन्यो माछापुच्छ्रे
माछापुच्छ्रे बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लगानी कर्तालाई लाभांश विगतरण गर्ने भएको छ । गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण गर्ने पहिलो बैंक बन्दै यसले लगानीकर्तालाई १४ प्रतिशत लाभांश वितरण गर्न लागेको हो ।कम्पनीको भदौ १३ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफा बाट १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकले प्रस्ताव गरेको लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारणसभाले अनुमोदन गरेपछि वितरण हुनेछ । अघिल्लो वर्ष पुँजी कोष पर्याप्त नभएको कारण बैंकले सेयरधनीलाई लाभांश वितरण गर्न पाएको थिएन ।