सदनको अवमूल्यन भयो, अब सामना गर्न तयार रहनू


कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले सांसद र सदनलाई अवमूल्यन गरेको आरोप लगाएका छन् ।

मंगलबार केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयकको सैद्धान्तिक छलफलमा थापाले सरकारलाई जे गरे पनि हुन्छ भन्ने लागेको जिकिर गरे । उनले अब नयाँ ढंगले प्रस्तुत हुने र त्यसलाई सामना गर्न तयार रहन चेतावनी पनि दिए ।

“संसद्लाई जुन ढंगले व्यवहार गरिएको छ, सांसदलाई जुन ढंगले व्यवहार गरिएको छ, जे गरे पनि हुन्छ भन्ने ठानिएको छ । सम्माननीय प्रधानमन्त्रीजी अब नयाँ ढंगले यी कुराहरू सामना गर्न तयार हुनुहोला, धन्यवाद,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *