शाहरुख खानको करिअरकै महँगो फिल्म हो ‘जवान’


बलिउडमा सन् २०२३ को सुरुवात शाहरुख खानको ब्लकबस्टर फिल्म ‘पठान’बाट भएको थियो। जसले बक्स अफिसमा पाँच सय करोडभन्दा बढी कमाएको थियो। शाहरुख, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’ले बक्स अफिसमा धेरै रेकर्ड बनाएको थियो। ‘पठान’ पछि शाहरुख खानको फिल्म ‘जवान’ सेप्टेम्बर ७ मा रिलिज हुँदैछ।

‘जवान’ शाहरुख खानको करिहरको सबैभन्दा महँगो फिल्म मानिन्छ। मिडिया रिपोर्टका अनुसार जवानको बजेट ३ सय करोड रुपैयाँ छ। यसअघि रिलिज भएको शाहरुख खान स्टारर फिल्म पठानको बजेट करिब २ सय ५० करोड थियो।

अर्थात् जवानसँगै शाहरुखले आफ्नो करिअरकै सबैभन्दा महँगो फिल्मको रेकर्ड तोडेका छन्।

‘जवान’को पहिलो गीत ‘जिंदा बन्द’ को सुटिङमा १५ करोड रुपैयाँ खर्च भएको थियो। गीतमा शाहरुख खानसँग एक हजार महिला डान्सर देखिएका थिए।यो गीत चेन्नईमा छायाँकन गरिएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *