माधव नेपाल तर्सेर भाग्ने खालको मान्छे हुँदै होइन
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफू भागेर कतै जाने खालको मान्छे नभएको स्पष्ट पारेका छन् । आफू पूर्वानिर्धारित कार्यक्रमका सिलसिलामा विदेश गएर फर्किएको उनले जानकारी दिए ।
प्रवासी नेपाली एकता मञ्चको निमन्त्रणमा उनी युरोपका विभिन्न देशको भ्रमणका लागि विदेश गएका थिए । सोमबार बिहान स्वदेश फर्किएर उनले आफ्नो भ्रमण र नेपालमा उत्पन्न परिस्थितिबारे स्पष्ट पारेका हुन् ।
आफू यहाँबाट जानेबित्तिकै ललितानिवास जग्गा प्रकरणका विषयमा जोडेर विभिन्न टीकाटिप्पणी गरिएको उनले उल्लेख गरे । विगतमा राजाले गिरफ्तार गर्न खोज्दा समेत नभागेको र चुनौतीको सामना गर्ने आफ्नो बानी रहेको उनले बताए ।