महावीर पुनले नेपाल सरकारले प्रदान गरेका पदकहरु फिर्ता गर्ने


केही समयअघि राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकारले दिएको विभूषण लिलामीमा राखे। कृषि सामग्री कम्पनी सञ्चालनमा सरकारले सहयोग नगरेको भन्दै उनले आफूले पाएको कीर्तिमय राष्ट्रदीप द्वितीय श्रेणीको विभूषण लिलामी गर्ने भन्दै सामाजिक सञ्जालमा राखेका थिए। पुनले विभूषण लिलामीमा राखेपछि रद्द गर्ने चेतावनी सरकारले दिएको छ। मंगलबार गृह मन्त्रालयको विभूषण तथा सभा समारोह प्रबन्ध शाखाले पुनलाई पत्र पठाएर विभूषण लिलामीमा नराख्न चेतावनी दिएको हो। ‘विभूषण ऐन, २०६४ को दफा २६ ९१० बमोजिम कुनै नेपाली नागरिक वा विदेशी व्यक्तिलाई प्रदान गरिएको विभूषण निजले कसैलाई बिक्री गरेमा वा बन्धकीमा राखेमा वा विभूषणको मर्यादाविपरीत हुने गरी विभूषणको प्रयोग गरेमा वा कसैलाई प्रयोग गर्न दिएमा नेपाल सरकारले विभूषण रद्द गर्न सक्नेछ,’ उक्त पत्रमा भनिएको छ।

रद्द गरेसँगै विभूषण पाउने व्यक्तिको नाम र रद्द गरिएको विभूषण समेत खुलाएर सर्वसाधारणको जानकारीका लागि सूचना समेत जारी गर्ने कानूनी व्यवस्था छ।गृहको चेतावनीपछि पुनले सामाजिक सञ्जालमा पत्रसहित लेखेका छन्, ‘यो चाहिँ बेच्न नपाइने भयो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *