एक क्विन्टल सुनको अनुसन्धान अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गर्ने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले एक क्वीन्टल सुन तस्करीको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)लाई दिने निर्णय गरेको छ।
प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, प्रहरी प्रमुख (आईजी) वसन्त कुँवर, सीआईबी प्रमुख तथा एआईजी किरण बज्राचार्य र राजश्व अनुसन्धान विभागका प्रमुख नवराज ढुंगानासहितको बिहीबारको बैठकले सुन तस्करीको अबको अनुसन्धान गर्ने जिम्मा सीआईबीले पाएको हो।
गत साउन २ गते भन्सार जाँचपास भएर बाहिरिँदै गरेको करिब एक क्वीन्टल सुनको सम्बन्धमा संगठित कसुरमा अबको अनुसन्धान सीआईबीले गर्नेछ।