फिल्म ‘महानगर’ भदौ ८बाट प्रदर्शन हुँदै


नेपाली चलचित्र ‘महानगर’ भदौ ८ बाट प्रदर्शनमा आउने भएको छ। चलचित्रमा कार्म र मेनुका प्रधानको मुख्य भूमिका रहेको छ। ’महानगर’को लेखन तथा निर्देशन मोहन राईले गरेको हुन्।

सन् २०२१ म कोलकाता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस चलचित्र अमेरिकाको ब्रुकलिन फिल्म फेस्टिभल, नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल, वासिङ्गटन डी.सी. साउथ एसियन फिल्म फेस्टिभल, स्पेनको एसियन फिल्म फेस्टिभल बार्सिलोना र नेपालको पामे अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल र नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ)मा अफिसियल स्क्रिनिङ्ग भइसकेको छ।

यसका साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभल तथा हालै भारतको जागरण फिल्म फेस्टिभलमा पनि ’महानगर’ छनोट भएको छ।

चलचित्रले निफमा राष्ट्रिय चलचित्रको क्याटगोरीमा उत्कृष्ट चलचित्र, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो।

साथै इण्डस भ्याली इन्टरन्याश्नल फिल्म फेस्टिभलमा चलचित्रले ‘मोस्ट इन्सिपिरेश्नल थीम’ अवार्ड तथा कार्मले अभिनयका लागि स्पेशल जुरी मेन्सन अवार्ड प्राप्त गरेका थिए। निर्देशक राईले विभिन्न देशका फेस्टिभलको यात्रा पछि घरेलु दर्शकका लागि चलचित्र प्रदर्शन गर्न लागेको जनाएका छन्। उनले चलचित्रले विभिन्न सपना बोकेर महानगर भित्रिने युवाको सपना र यथार्थलाई फिल्ममार्फत अभिव्यक्त गर्ने प्रयास गरेको जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *