अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने


दुई दशकदेखि सिनेमाको प्राज्ञिक अध्यापन गराउँदै आएको अस्कर फिल्म कलेजले ‘युवा सर्ट फिल्म प्रतिस्पर्धा’ गर्ने भएको छ।

सोमबार कलेजको तर्फबाट प्रेस विज्ञप्ति जारी गरी पहिलो युवा सर्ट फिल्म प्रतिस्पर्धाको घोषणा गरिएको हो। २० वर्षमुनिको उमेर समूहमा लक्षित यो प्रतिस्पर्धामा सहभागीले भदौ २२ गतेभित्र आफ्नो फिल्म पठाइसक्नु पर्ने जनाइएको छ।

विज्ञप्तिअनुसार, प्रतिस्पर्धामा प्रथम हुने फिल्मलाई १ लाख नगद प्रदान गरिने छ। दोस्रो र तेस्रो फिल्मलाई क्रमशः ५० हजार र २५ हजार प्रदान गरिने छ। प्रथम, द्वितीय र तृतीय हुने फिल्ममेकरले अस्कर कलेजमा भर्ना हुन चाहेमा ५० प्रतिशत छात्रवृत्तिसमेत पाउने छन्। यसै गरी स्पेसल मेन्सनमा पर्न सफल फिल्ममेकरलाई पनि कलेजमा भर्ना भएको खण्डमा ५० प्रतिशत छात्रवृत्ति दिइने छ।अस्कर फिल्म कलेजले पहिलो पटक आयोजना गरेको युवा सर्ट फिल्म प्रतिस्पर्धालाई आगामी वर्षहरुमा निरन्तरता दिइने पनि विज्ञप्तिमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *