चेक रिपब्लिकको वर्ल्ड प्रिमियरमा चलचित्र ‘गुराँस’को तारिफ


चेक रिपब्लिकमा चलिरहेको ‘दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल’मा प्रिमियर भएको नेपाली चलचित्र ‘गुराँस’ले उपस्थित दर्शकबाट तारिफ पाएको छ । फिल्म लिएर चेक पुगेका निर्देशक सौरभ राईले दर्शकले चलचित्र रुचाएको बताएका छन् ।

‘‘दर्शक पनि टन्नै थियो र फिल्म हेरेर धेरैले इमोसनल भएको प्रतिक्रिया दिनु भयो । यो हाम्रा लागि पहिलो दर्शक प्रतिक्रिया थियो । यसले हामीलाई सन्तुष्ट बनाएको छ,’’ उनले भने ।

चलचित्र चेकको समयअनुसार बुधबार ४ बजे स्क्रिनिङ भएको थियो । यही फिल्मको वर्ल्ड प्रिमियरमा सहभागी हुन मेनुका प्रधान पनि चेक पुगेकी थिइन् ।

हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । चलचित्रले दुई पुस्ताका चरित्रमार्फत् छोरी र आमाबुवाको फरक फरक चिन्तालाई उजागर गरेको छ ।

‘गुराँस’लाई लोआईक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् । फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *