पाँच प्रदेशमा पानी पर्ने, मधेसमा हावाहुरी चल्ने


जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशभर  सामान्यदेखि पूर्ण बदली रहेको छ । लुम्बिनी, गण्डकी, बागमती, मधेश र कोशी प्रदेशका थोरै  र बाँकी प्रदेशका एकदुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  

साथै कोशी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित  भारी वर्षाको समेत सम्भावना रहेको छ।कोशी  र मधेश प्रदेशका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।आज राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित  भारी वर्षाको समेत सम्भावना रहेको छ। देशको तराई भूभागका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

महाशाखाले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत  प्रभावित हुन सक्ने उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *