संसदीय दलको नेता चुनिएका प्रचण्डको नयाँ सरकार बनाउने उद्घोष


काठमाडौँ।दाहाल-नेपाल समूहले संसदीय दलको नेता चुनेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार बनाउने उद्घोष गरेका छन् ।
‘संसदीय दलको जिम्मेवारी दिइएको छ। म यसमा खुशी छु। ठूलो कार्यभार दिइएको छ। अब मेरो सम्पूर्ण ध्यान सरकार बनाउन र संसद पुनर्स्थापना गर्नमा हुन्छ।
यसका लागि म डटेर लाग्छु,’ प्रचण्डले भने, ‘अहिलेको सरकार वैधानिक रहेन। संसद विघटन भएको छैन। अब यो सरकार चाँडो भन्दा चाँडो बिदा गर्नुपर्छ।’
प्रचण्डले अब नयाँ सरकार बनाउनतिर ध्यान केन्द्रित भएको बताए। ‘‘सबै राष्ट्रिय राजनीतिक दलहरुसँग एकतावद्ध बनाएर जनताको अपेक्षाअनुसार काम गर्ने गरी नयाँ सरकार गठन गर्नेतिर मेरो ध्यान हुन्छ,’ दाहालले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *