पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। सोमबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले मूल्य समायोजन गरेको हो। निगमले वर्ग विभाजन गरेर न्यूनतम ५ देखि सात रुपैयाँ ५० पैसासम्म मूल्य घटाएको हो।
निगमले हवाइ इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर १४ र अन्तर्राष्ट्रियमा प्रतिलिटर करिब १५ रुपैयाँले मूल्य घटाएको हो।
नयाँ मूल्य अनुसार अब विराटनगर, जनकपुर, वीरगंज, नेपालगन्ज र धनगढीमा पेट्रोल १६७, डिजेल र मट्टीतेल अब प्रतिलितर १४७ मा कारोबार हुने छ। यसअघि क्रमशः १७५ र १५५ थियो।
\यस्तै, सुर्खेत र दाङमा पेट्रोल १६९ तथा डिजेल र मट्टीतेल १४९ मा कारोबार हुनेछ। तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल १७० तथा डिजेल र मट्टीतेल १५० रुपैयाँ प्रतिलिटर खुद्रा मूल्य तोकिएको छ।
निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।