नागढुंगा नौबिसे सुरुङमार्गको काम सुरु
काठमाडौं । जापानको १६ अर्ब रुपैयाँ सहुलियत ऋण र ६ अर्ब नेपाल सरकारले आन्तरिक स्रोतबाट बनाउने भनिएको नागढुंगा-नौबिसे सुरुङमार्गको मुख्य सुरुङ खन्ने कामको सुरुवात मंगलबारदेखि भएको छ। नागढुंगा-नौबिसे सुरुङमार्गका लागत २२ अर्ब रुपैयाँ रहेको छ । सुरुङमार्ग निर्माण ठेक्का जापानी कम्पनी हाज्मा-आन्दो कर्पोरेसनले पाएको छ।
आयोजनामा मुआब्जा विवाद, स्थानीयको अवरोध, इक्विपमेन्ट, विस्फोटक पदार्थ ल्याउन स्वीकृतिमा ढिलाइ आदिले काम अघि बढ्न ढिला भइरहेको थियो। समस्याहरु सुल्झाउनै एक वर्ष लाग्यो। समस्याहरु समाधान हुन थालेपछि कोरोना भाइरसका कारण स्वास्थ्य सतर्कताको मापदण्डले प्रभावित भएको थियो ।
निर्माण कम्पनीले तयार पारेको संशोधित तालिका अनुसार जनवरीबाट पनि काठमाडौंतिरको पोर्टलबाट पनि सुरुङ खन्ने योजना छ। करिब ३० टन विस्फोटक पदार्थसमेत आइपुगेको र बाँकी ल्याउने प्रक्रियामा छ।
दुई लेनको सुरुङमार्गसँगै आपतकालीन समयमा प्रयोग स्केप्ट टनेल पनि निर्माण हुनेछ।
आयोजनाका लागि ९ सय टन विस्फोटक २७० जना कामदारहरुले अहिले दुवैतिरको पोर्टलमा काम गरिरहेका छन्।