समाजवादी मोर्चामा रहेका दलको अस्तित्व संकटमा
नेकपा (एमाले)का सचिव योगेश भट्टराईले समाजवादी मोर्चामा रहेका दलहरु अस्तित्वको संकटमा रहेको बताएका छन् ।
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै समाजवादी मोर्चा बनाएका नेकाप (माओवादी केन्द्र), जसपालगायत दलहरु अस्तित्वको संकटमा रहेको बताए ।
कांग्रेस र एमालेसँग नमिल्ने हो भने माओवादी केन्द्र पाँचदेखि आठ सिट र नेकपा (एकीकृत समाजवादी) शून्य सिटमा आउने अवस्था रहने उनले बताए । उनले समाजवादी मोर्चाको कुनै औचित्य नरहेको भन्दै संविधान बनाउने र संविधान च्यात्ने एकै ठाँउ रहेकाले धेरै दिन नटिक्ने तर्क गरे ।
भट्टराईले मोर्चा विगतको इतिहास बताएर गर्व गर्ने प्रौढहरुको क्लब भएको बताए । उनले समाजवादी मोर्चालाई नियालिरहेको भन्दै मोर्चाका कारण एमालेलाई कुनै दबाब नभएको उल्लेख गरे ।