बालकृष्ण खाँणले भने-अब उच्च अदालतबाट न्याय हुन्छ होला
नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा पठाइएका पूर्व गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफू निर्दोष भएको दाबी गरेका छन्। शुक्रबार अदालतबाट निस्कँदै गर्दा उनले यो प्रकरणमा आफ्नो संलग्नता नभएको दाबी गरे।पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि जिल्ला अदालत काठमाडौंबाट बाहिरिने क्रममा खाणले भने, ‘यो प्रकरणमा मेरो कुनै संलग्नता छैन। म निर्दोष छु।’तैपनि आफूले अदालतको फैसलालाई भने स्वीकार गर्ने र न्यायका लागि उच्च अदालत जाने उनले बताए। खाणले भने, ‘अदालतको फैसलालाई मान्छु। अध्ययन गर्छु र उच्च अदालत जान्छु। उच्चबाट न्याय हुन्छ भन्नेमा आशावादी छु।’नक्कली भुटानी शरणार्थी प्रकरणमा शुक्रबार जिल्ला अदालत काठमाडौंले १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। थुनामा पठाइएका सबैलाई केन्द्रीय कारागार सुन्धारा लगिएको छ।