केन्द्रीय कमिटीमा ५५६ जना थपे ओलीले,महाधिवेशन २०७८ मंसिर २ मा
प्रधानमन्त्री तथा नेकपाका पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन्। ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन्।
ओलीले ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन्।
१९७ जना पछिमात्रै थपिने ओलीले छलफलमा बताएका थिए। पार्टी कमिटीमा अल्पमतमा परेपछि ओलीले सदस्य संख्या थपेरै भए पनि बहुमत पुर्याउने कोसिस गरेका छन्।
केपी शर्मा ओली पक्षीय केन्द्रीय कमिटी बैठकले अर्को वर्ष २०७८ मंसिर २ गतेदेखि पार्टी महाधिवेशन गर्ने निर्णय गरेको छ ।
आज मनोनित सदस्यलाई ओलीले सपथ ग्रहण समेत गराएको प्रधामन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।