असार १ गतेदेखि एकिकृत कारोबार गर्दै डिप्रोक्स र आदर्श लघुवित्त
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार १ गतेदेखि एकिकृत कारोबार सुरू गर्ने भएका छन् । गत असोज १४ गते डिप्रोक्स लघुवित्तले आदर्श लघुवित्तलाई प्राप्ति गर्नका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीले चैत १३ गते अन्तिम सम्झौता गरेका थिए ।
प्राप्ति पश्चा्त डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकिकृत कारोबार सुरू गर्न लागेको जानकारी कम्पनीले दिएको छ । प्राप्तिपछि बन्ने कम्पनीको केन्द्रिय कार्यालय चितवन, भरतपुरमा रहने जानकारी समेत कम्पनीले दिएको छ । यी दुई कम्पनीलाई एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले जेठ ३ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो ।
दुबै कम्पनीले फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभामार्फत प्राप्ति सम्बन्धि प्रस्ताव पारित गरेका छन् । यी दुई कम्पनी समान हैसिएतमा एक हुन लागेका हुन । यस वर्ष आदर्श लघुवित्तले २० प्रतिशत र डिप्रोक्स लघुवित्तले १० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव फागुन ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरीसकेका छन् ।
आदर्श लघुवित्तले रू. २ करोड ७ लाखको आधारमा २० प्रतिशत बोनस शेयर र डिप्रोक्स लघुवित्तले १ अर्ब ३८ करोड ७४ लाख ९८ हजारको आधारमा १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएका हुन । डिप्रोक्स लघुवित्तको बोनस पछि चुक्तापूँजी रू. १ अर्ब ५२ करोड ६२ लाख ४८ हजार र आदर्श लघुवित्तको चुक्तापूँजी रू. २ करोड ४८ लाख ४० हजार पुग्नेछ । समान हैसियतमा एक भएपछि बन्ने नयाँ कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५५ करोड १० लाख ८८ हजार पुग्नेछ ।