बजेटको धक्का सेयर बजारमा, खुल्न नपाउँदै उच्च अंकको गिरावट


सरकारले बजेटमार्फत यसअघि फरदर पब्लिक अफरिङ (एफपीओ) जारी गरेका तथा मर्जर एक्विजिशनमा जादा लाभ प्राप्त गरेका कम्पनीसँग पनि कर उठाउने घोषणा गरेपछि त्यसको असर सेयर बजारमा देखिएको छ ।

बजेटले विशेषगरी एफपीओ जारी गरी प्राप्त लाभांश वापतबाट वितरित वोनस सेयरको रकम आयमा समावेश नगरेका निकायलाई शुल्क र ब्याज मिनाहा सम्बन्धी व्यवस्था गर्दै यसअघि जारी भएका एफपिओको लाभमा समेत कर उठाउने व्यवस्था गरेको हो । यदि त्यसरी प्राप्त भएको रकममध्ये आर्थिक वर्ष २०७८।७९ सम्म हितअधिकारीलाई लाभांश वितरण गरेको भए आयकर ऐन अन्तरगत २०८० मंसिरसम्म कर दाखिला गर्न निर्देशन दिएको छ ।

यसैगरी मर्जर तथा एक्विजिशनमा सौदावाजी गर्दा लाभ (बार्गेन पर्चेज गेन) वापतको आयमा समेत कर तिर्नुपर्ने बजेटमा उल्लेख छ । तर यहिँ आधारमा कर तिर्ने हो भने धेरैजसो बैंक वित्त र बीमा कम्पनीहरु समस्यामा पर्ने भन्दै लगानीकर्ताहरुले आक्रोश ब्यक्त गरेका छन् । जसको असरले गर्दा बजेट आएको भोलिपल्टै सेयर बजारमा उच्च गिरावट आएको छ । बजार खुलेसँगै दोहोरो अंकले घटेको बजार समाचार तयार पर्दासम्म अर्थात ११ः२५ सम्म ३९ अंकले घट्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *