२५ वटा वाणिज्य बैंकको लाभांश घोषणा, कसको कति?
काठमाडौं । आर्थिक वर्ष २०७६/७७ का लागि हालसम्म नेप्सेमा सूचीकृत २० वटा बैंकले लाभांश घोषणा गरेका छन्। तीमध्ये, केहीको साधारण सभा सम्पन्न भएर लाभांश पनि पारित भइसकेको छ।
हालसम्म घोषणा भएको तथ्यांक हेर्दा सबैभन्दा धेरै लाभांश दिने बैंक नबिल बैंक रहेको छ । सबैभन्दा कम लाभांश घोषणा गर्नेमा सेञ्चुरी कमर्शीयल बैंक देखिएको छ ।
लाभांश घोषणा गर्ने बैंकहरु
१। एनआईसी एसिया बैंक लिमिटेड
एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांस घोषणा गरेको छ । बैंकको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई २० प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो । जसमा १९ प्रतिशत बोनस र १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश साधारणसभाबाट स्वीकृत भइसकेको छ ।
२। कुमारी बैंक लिमिटेड
कुमारी बैंकको कार्तिक २१ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार बैंकले असार मसान्तसम्मको चुक्ता पूँजीको १०.८५ प्रतिशतका दरले बोनस सेयर र ३.१५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने भएको छ ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपश्चात वितरण गरिनेछ ।
३। सानिमा बैंक लिमिटेड
सानिमा बैंक लिमिटेडको लाभांश घोषणा गरेको छ । बैंकको असोज २७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १३.६० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो । बैंकले १० प्रतिशत बोनस सेयर र ३.६० प्रतिशत नगद लभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश वार्षिक साधारण सभाले अनुमोदन गरिसकेको छ ।
४। नेपाल एसबिआई बैंक लिमिटेड
नेपाल एसबिआई बैंक लिमिटेडको लाभांश घोषणा भएको छ । बैंकको ९.४७ प्रतिशत नगद लाभांश नेप्सेमा घोषणा गरिएको हो ।
बैंकको मंसिर ४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र ३.४७ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल ९.४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ।
५। बैंक अफ काठमाण्डू लिमिटेड
बैंक अफ काठमाण्डू लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।
बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश गरी कुल १६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्ताव वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।
६। सिटिजन्स बैंक लिमिटेड
सिटिजन्स बैंकले ७.७ प्रतिशत बोनस सेयर र नगद लाभांश ३.३ प्रतिशत नगद लाभांश समेत गरी ११ प्रतिशत लाभांश घोषणा गरेको छ । सिटिजन्सले प्रस्ताव गरेको संशोधित लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।
७। हिमालयन बैंक लिमिटेड
हिमालयन बैंक लिमिटेडले आर्थिक वर्ष ०७६/७७ को मुनाफबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । संचालक समितिको बैठकले १४ प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
समितिले प्रस्ताव गरेको लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आगामि वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
८। सनराइज बैंक लिमिटेड
सनराइज बैंक लिमिटेडले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट आफ्ना सेयरधनीलाई ८.२८ प्रतिशत लाभांश घोषणा गरेको छ ।बैंकको मंसिर ७ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६.७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ५.८० प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरी कुल ८.२८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।
९। एभरेष्ट बैंक लिमिटेड
एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको छ । बैंकको बुधबार साँझ बसेको संचालक समितिका बैंकले १०.५३ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले ५।५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी कुल १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।
१०। सिद्धार्थ बैंक लिमिटेड
सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकले १२ प्रतिशत बोनस सेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो । उक्त लाभांश अब राष्ट्र बैंक र साधारण सभाबाट अनुमोदन भएपछि लगानीकर्ताले पाउनेछन् ।
११। प्रभु बैंक लिमिटेड
प्रभु बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमध्ये १० प्रतिशत बोनस सेयर र ०. ५२६३ प्रतिशत नगद लाभांश रहेको छ । उक्त लाभांश साधारण सभाबाट अनुमोदन भएपछी वितरण गरिनेछ ।
१२। माछापुच्छ्रे बैंक लिमीटेड
माछापुच्छ्रे बैंक लिमीटेडले लाभांश घोषणा गरेको छ ।बैंकको असोज १ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/०७७ को खुद मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ७.०३ प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत नगद (कर सहित) गरी कुल १०.४० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
नेपाल राष्टबैंकको स्वीकृत भएपछि र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि प्रस्तावित लाभांश वितरण हुनेछ ।
१३। स्ट्याण्डर्ड चार्टर्ड बैंक
स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सेयरधनीहरुलाई ११.८४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बैंकको कात्तिक १३ गते बसेको सञ्चाल समितिको बैठकले ७ प्रतिशत बोनस सेयर तथा ४.८४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले सो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृतका लागि पठाउने र राष्ट्र बैंकबाट स्वीकृत भएर आएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिने जनाएको छ ।
१४। नेपाल बंगलादेश बैंक
नेपाल बंगलादेश बैंक लिमिटेडको लाभांश घोषणा गरेको छ ।बैंकको मंसिर १५ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बोनस सेयर र २.४२ प्रतिशत नगद ९कर प्रयोजनका लागि गरी कुल ८.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
१५। ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई वितरण गर्ने १६ प्रतिशत लाभांश घोषणा गरेको हो ।
बैंकले आफ्ना सेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र २ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकका अनुसार उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
१६। सेन्चुरी कमर्सियल बैंक
सेन्चुरी कमर्सियल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट ५.२५५ बोनस र कर प्रयोजन समेत गरी २।२५५ नगद लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले चुक्ता पुँजीबाट ५.२५ ५ बोनस र २.२५५ नगद लाभांश गरी कुल ७.५०५ लाभांश वितरण गर्ने घोषणा गरेको हो । यो प्रस्ताव नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
१७। कृषि विकास बैंक
कृषि विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।बैंकको मंसिर २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर र ०.७८९५ प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
१८। लक्ष्मी बैंक
लक्ष्मी बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ ।बैंकको मंसिर २९ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६.७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद ९कर प्रयोजनका लागि गरी कुल ११.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।
१९। नेपाल बैंक लिमिटेड
नेपाल बैंकले १६५ लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समिति बैठकले सेयर प्रिमियमबाट हाल कायम चुक्ता पुँजीको १२५ बोनस सेयर र कर प्रयोजनसहित ४५ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
२०। मेघा बैंक लिमिटेड
मेगा बैंक लिमिटेडको आर्थिक बर्ष २०७६र०७७ का लागि लाभांश प्रस्ताव गरेको छ । बैंकको पुस ३ गते, शुक्रबार बसेको सञ्चालक समितीको बैठकले असार ३१ गते सम्मको सञ्चित मुनाफा एवम् वितरणयोग्य अन्य कोषहरुबाट हाल कायम चुक्तापुँजीको कुल ३.०५ प्रतिशतले हुन आउने नगद लाभांश र सोहि चुत्ता पुँजीको १० प्रतिशतले हुन आउने रकम बराबरकोे बोनस सेयर वितरणका लागि प्रस्ताव गरेका हो ।
२१। नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड
नेपाल नेपाल क्रेडिट एण्ड कमर्स बैंक ९एनसिसि० लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पौष ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १०.२६९५ प्रतिशत बोनस र ०.५४०५ प्रतिशत नगद ९कर प्रयोजनका लागि० वितरण गर्ने प्रस्ताव गरेको छ।
२२। प्राइम कमर्शियल बैंक लिमिटेड
प्राइम कमर्शियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकको पौष ६ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश राष्ट्र बैंक र आगामी साधारण सभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ ।
२३। नबिल बैंक लिमिटेड
नबिल बैंक लिमिटेडको पौष ६ गते, सोमबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई ३३.५ प्रतिशत ९१०० कित्ता बराबर ३३.५ कित्ता० बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि १.७६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
२४। एनएमबि बैंक लिमिटेड
एनएमबि बैंक लिमिटेडको पौष ५ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ३.२० प्रतिशत नगद ९कर प्रयोजनका लागि० गरि कुल १६.२० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
२५। नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पौष ५ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकमा आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद (कर प्रयोजनका लागि)गरि कुल १८.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।