फुटको संघारमा नेकपा :एक अर्कालाई कारवाहीको तयारी
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुगेको पुष्पकमल दाहाल प्रचण्डले एक अर्कालाई कारवाहीको तयारी गरेपछि नेकपा फुटको संघारमा पुगेको हो।
राष्ट्रिय सभा गृहमा ६ बुँदे सहमति गरेर एक भएको पार्टीका दुई अध्यक्षको चर्को इगोका कारण पार्टीको अवस्था यस्तो अवस्थामा पुगेको बताइएको छ। पछिल्लो चरणमा दुई अध्यक्षको आरोपप्रत्यारोपका कारण प्रधानमन्त्री ओलीले आइतवार संसद विघटन गरिसकेका छन् भने आमचुनावको मितिसमेत घोषणा गरिसकेका छन्।
लगत्तै प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले उनलाई कारवाहीको निर्णय गरेको छ। ओलीलाई थप कारवाहीका लागि आज बबरमहलस्थित कार्की पार्टी प्यालेसमा केन्द्रीय कमिटिको बैठक मंगलवार १ बजे बोलाएको छ भने ओली समूहले त्यसअघि नै ९ बजे बालुवाटारमा केन्द्रीय कमिटि डाकेका छन्।
कम्युनिस्ट शक्तिहरु एक हुनुपर्छ भन्दै जेठ ३, २०७५ मा एकता भएको घोषणा गरेको नेपाल कम्युनिस्ट पार्टीले इतिहास नै दोहोराउन लागेको छ।