कांग्रेसले संंसद् विघटनका विषयमा रणनीति तय गर्ने


काठमाडौं । नेपाली काँग्रेसले आज दिउँसोका लागि केन्द्रीय कमिटी बोलाएको छ। आइतवार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरी मध्यावधि निर्वाचनमा जाने घोषणा गरेसँगै प्रमुख प्रतिपक्षी दल कसरी अघि बढ्ने विषयमा छलफलमा जुटेको छ।
मुलतः आजको केन्द्रीय समिति बैठक प्रधानमन्त्रीले हठात् संसद् विघटन गरेपछिको परिस्थितिमाथिको छलफलकै लागि डाकिएको हो,’’ प्रवक्ता शर्माले भने, ‘‘त्यसबाहेक हाम्रो आसन्न महाधिवेशन समेत यही निर्णयका असरहरु देखिन सक्छन्, ती विषयहरुमा पनि स्वाभाविक रुपमा छलफल हुन्छ ।’’

बैठक दिउँसो १ बजेका लागि केन्द्रीय कार्यालय सानेपामा बोलाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। काँग्रेसले संसद विघटनलाई असंवैधानिक भएको बताउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *