भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल एयरपोर्टबाट पक्राउ


भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । उनलाई एयरपोर्टबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएपछि रिजाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

रिजाल भुटानी शरणर्थीलाई भुटानमै पुनर्स्थापित गर्ने मुद्दा लिएर उनीहरूको अधिकारका लागि वकालत गर्दै आएका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेका संख्या १६ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *