जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरियो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनै दल भित्रबाट काम गर्न अवरोध भएपछि ताजा जनादेशका लागि संसद विघटन गरेको बताएका छन्।
२०७४ सालको निर्वाचनमा राजनीतिक स्थायित्वको जनादेश पाएको नेपाल कम्युनिष्ट पार्टीले जनभावना विपरित काम गर्न नदिइएको बताउँदै उनले सरकार संचालन गतिरोध उत्पन्न गराइएको बताए।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार प्रतिनिधि सभा विघटन गरेपछि ओलीको सम्बोधन आएको हो। जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरियो।
जनता समक्ष प्रस्तुत हुने निष्कर्ष सहित संसद विघटन गरियो उनले भनेका छन्।
पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षलाई लक्षित गर्दै ओलीले उनीहरुहरुले आफ्नो राजनीतिक चरित्र हत्या गर्ने प्रयास गरेको आरोप लगाए।
नेताहरुले पार्टी कार्यालयको दुरुपयोग गर्ने, संसद अधिवेश बोलाउन हस्ताक्षर संकलन गर्ने, महाअभियोग लगाउने काम गरेकोले पनि वर्तमान परिस्थिति सिर्जना भएकोओलीले बताए।
अप्रत्याशित र आकस्मिक देखिए पनि यसको कारण धेरै अघिदेखि नै हो। केही नेताहरुको जनअपेक्षा विरुद्ध कदमका कारण लामो समयदेखि नै विवाद थियो। उनले भने, सरकारलाई काम गर्न दिइएन। बार्गेनिङ गर्ने राष्ट्रिय राजनीतिलाई अलझाउने काम भयो। त्यसैले वैशाखमा नयाँ निर्वाचन गर्ने निर्णय गरियो।