‘द अनब्रेकेबल : अगस्त्य’मा प्रमोद, रवीन्द्र र विजयको प्रवेश


फिल्म ‘अगस्त्य च्याप्टर १’मा कलाकारहरु प्रमोद अग्रहरी, विजय बराल र रविन्द्र झा अनुबन्धित भएका छन्। सौरभ चौधरीको निर्देशनमा बन्न लागेको फिल्ममा यी तीनै कलाकारहरु महत्वपूर्ण भूमिकामा देखिनेछन्।

यसअघि सौगात मल्ल, नाजिर हुसेन र मलिका महत मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेका छन्।

कलाकारहरुको टिमअप बलियो भएसँगै फिल्मको छायाङ्कन अगामी जेठ १२ गतेबाट सुरु हुने बताएको छ। काठमाडौं र नवलपरासी, भारतमा गोरखपुर र बनारसमा छायाङ्कन हुनेछ।

दुई च्याप्टरमा निर्माण हुने फिल्मको कथा निर्देशक चौधरीले लेखेका छन्। प्रकाश मल्ल र अनिष तामाङको निर्माण रहेको फिल्मलाई संजय लामाले खिच्नेछन्।

डार्क हर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको शीर्षक हिन्दु धर्मका सप्तऋषिमध्येका अगस्त्य ऋषिको नामबाट जुराइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *