बारा-२ मा पाँच हजार मतान्तरसहित उपेन्द्र यादव निर्वाचित

बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष तथा गठबन्धनका साझा उमेदवार उपेन्द्र यादव निर्वाचित भएका छन् ।
भर्खरै सार्वजनिक मत परिणामअनुसार यादव २८ हजार ४१५ मतसहित निर्वाचित भएका जिल्ला निर्वाचन अधिकारी सरोजकुमार चौधारीले जानकारी दिए ।
उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र कुशवाहले २३ हजार ३३४ मत प्राप्त गरे । उनीहरुको मतान्तर पाँच हजार ८१ रहेको छ ।
त्यस्तै, तेस्रो बनेका नेकपा (एमाले)का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत पाए । राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार रमेश खरेलले दुई हजार ८२९ मत प्राप्त गरे ।