प्रभु सेलेक्ट फण्डको नाफा करिब ६ करोड


प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालित प्रभु सेलेक्ट फण्डले चैत मसान्तसम्म रू. ५ करोड ९४ लाखभन्दा बढी नाफा गरेको छ । फागुन मसान्तसम्म रू. ४ करोड ६७ लाखभन्दा बढी नाफा गरेको फण्डले चैत मसान्तसम्ममा भने नाफा बढाएको हो ।

यो महिना फण्डको जम्मा आम्दानी रू. ७ करोड ६६ लाखभन्दा बढी रहेको छ । फागुन महिनामा फण्डले रू. ६ करोड १९ लाखभन्दा बढी मात्र जम्मा आम्दानी गरेको थियो । बैंक मुद्दती निक्षेप र धितोपत्रमा भएको फण्डको लगानी रू. ८७ करोड ७४ लाखभन्दा बढी रहेको छ ।

चैत मसान्तसम्म फण्डले धितोपत्र कमिसन सहित धितोपत्रमा रू. ८४ करोड २५ लाखभन्दा बढी लगानी गरेको छ । धितोपत्रमा फण्डले गरेको लगानीको लागत मूल्यभन्दा बजारमूल्य कम रहेको छ । चैत मसान्तसम्म योजनाको धितोपत्रमा भएको लगानीको बजारमूल्य रू. ६९ करोड ४९ लाखभन्दा बढी मात्र रहेको छ ।

फागुन मसान्तसम्म प्रति इकाई खुद मूल्य रू. १० दशमलव १९ रहेको फण्डको चैत मसान्तसम्म यो मूल्य रू. १० दशमलव २९ पुगेको छ । सात वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई विक्री गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *