कांग्रेसको आह्वानमा अपराह्न ४ बजे सर्वदलीय बैठक
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज अपराह्न ४ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएको छ।
बैठकमा आउन् संसदमा सहभागी दलहरुलाई बोलाइएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । उनका अनुसार बैठक पार्टी कार्यालयमा बस्नेगरी अपराह्न ४ बजेलाई बोलाइएको छ।
कांग्रेस संसदीय दलको कार्यालयमा नेकपा, कांग्रेस र जनता समाजवादी पार्टीका नेताहरूले हिजो पनि छलफल गरेका थिए। छलफलमा प्रधानमन्त्री ओलीको कदम असंवैधानिक र निरंकुश रहेको यी दलहरूले निष्कर्ष निकालेका थिए।
आजको बैठकका लागि नेकपा, जसपा, राप्रपालगायत दललाई बोलाइएको पनि कांग्रेसले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा संसद विघटन गरी चुनावसमेत घोषणा गरेको अवस्थाबारे संसदमा रहेका दलहरुसँग छलफल र परार्मश गर्न कांग्रेसले सर्वदलीय बैठक बोलाएको हो।