काठमाडौँको दरबारमार्गमा रहेको होटल अन्नपूर्ण बन्द
काठमाडौँको दरबारमार्गमा रहेको चर्चित पाँचतारे होटल अन्नपूर्ण बन्द हुने भएको छ । कोरोनाका कारण पर्यटक नआउँदा खर्च धान्न नसकिने भन्दै सन् २०२१ सम्मका लागि होटल बन्दको तयारी भएको जनाईएको छ । हाल उक्त होटलमा ३६० भन्दा बढी कर्मचारी रहेको जनाईएको छ । सबै कर्मचारीलाई राजीनामा गर्न लगाएर भुक्तानी दिनुपर्ने रकम दिन सुरु भएको होटलले जनाएको छ ।
करिव ५ दर्शक पूरानो अन्नपूर्ण होटलका सञ्चालक सिर्जना राणा होटलहरुको छाता संगठन होटल एसोसिएसन अफ नेपाल (हान) अध्यक्ष समेत हुन् । ‘
कोरोनाका कारण खर्च धान्न सकिने अवस्था छैन, होटल खोलेर मात्र कर्मचारी धान्न सक्ने अवस्था छैन्’, उनले भनिन, ‘होटलमा कार्यरत सम्पूर्ण कर्मचारीलाई पाउनुपर्ने सम्पूर्ण सेवासुविधा दिएर बिदा गछौँ । होटल सदाका लागि नभएर एक वर्षका लागि बन्द गर्ने तयारी गरेका हौँ ।’
दरबारमार्गमा ४३।८६ रोपनी क्षेत्रफलमा फैलिएको उक्त होटलमा नेपाल ट्रस्टको पनि ५ प्रतिशत लगानी रहेको छ । पछिल्लो समय जग्गा र शेयरको विषयमा लगानीकर्ताबिच पटक पटक विवाद हुँदै आएको छ ।