दुई कम्पनीको २४ हजारभन्दा बढी कित्ता संस्थापक शेयर बिक्रीमा


सोमवार दुई कम्पनीले २४ हजार ३३८ कित्ता संस्थापक शेयर विक्रीका लागि सुचना जारी गरेका छन् । गोर्खाज फाइनान्स लिमिटेडले १३ हजार ५६५ कित्ता र सांग्रिला डेभलपमेन्ट बैंकले १० हजार ७७३ कित्ता संस्थापक शेयर विक्रीका लागि ३५ दिने सुचना जारी गरेका हुन् ।

दुबै कम्पनीको शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । आगामी ३५ दिनभित्र सांग्रिला डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रिय कार्यालय बालुवाटार काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । त्यस्तै गोर्खाज फाइनान्सको शेयर खरीदका लागि कम्पनीको विद्यमान संस्थापक शेयरधनीहरूले कम्पनीको केन्द्रिय कार्यालय डिल्लिबजार, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा दुबै कम्पनीको शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गरिने जानकारी कम्पनीहरूले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *