सर्वसाधारणलाई ईङवा हाइड्रोको आईपिओ वैशाख १३ गतेदेखि
ईङवा हाइड्रोपावर लिमिटेडले वैशाख १३ गतेदेखि सर्बसाधारणलाई आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले कम्पनीका कर्मचारीलाई २९ हजार ८ सय ६३ कित्ता, सामुहिक लगानी कोष योजनाहरुलाई ७४ हजार ६ सय ५८ कित्ता सुरक्षित गरि सर्बसाधारणलाई १२ लाख ६८ हजार ६ सय ३९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
सर्बसाधारणले आईपिओमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्ने छन् । यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिंङ बिक्रि प्रबन्धक रहेको छ ।
कम्पनीले यस अघि अनि आयोजना प्रभावित स्थानीय र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकको लागि आईपिओ निष्काशन गरि बाँडफाँड गरिसकेको छ ।
ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. जलविद्युत आयोजना निर्माण गरिरहेको छ । आयोजनाले २०८० साल जेठ १६ गते बाट व्यापारिक उत्पादन सुरु गर्ने लक्ष्य राखेको छ ।
यस कम्पनीमा अपि पावरको १५ लाख कित्ता, अरुण काबेलीको ३ लाख कित्ता, गुरु प्रसाद न्यौपानेको ४ लाख ६९ हजार कित्ता शेयर लगानी रहेको छ ।