साफ यू १७: नेपाल रसियासँग पराजित


साफ यू १७ महिला च्याम्पियनसीप अन्तर्गत आइतबार सम्पन्न खेलमा नेपाली टोली रसियासँग पराजित भएको छ। बंगलादेशस्थित सिपाही मोस्तफा कमल स्टेडियममा सम्पन्न खेलमा नेपाली टोली साफमा आमन्त्रित टोली रसियासँग ३-० गोलअन्तरले पराजित भएको हो।

खेलको तीन वटै गोल दोस्रो हाफमा भएको थियो। रसियाको जितमा एलिना गोलिकले ६३ र ७५ औँ मिनेटमा गोल गर्दा पोलिना फिल्सिनाले ८३ औँ मिनेटमा गोल थपिन्।

जारी साफ च्याम्पियनसिपमा नेपालको यो दोस्रो हार हो। यसअघि नेपाली टोली भारतसँग ४-१ गोलअन्तरले पराजित भएको थियो। यसक्रममा नेपालले भुटानमाथि ५-० गोलको जित निकालेको थियो। प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र रसियाको सहभागिता छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *