बङ्गलादेश भवन विष्फोट : चौध जनाको मृत्यु, सयभन्दा बढी घाइते


ढाकाको एक व्यावसायिक भवनमा मंगलबार अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् ।

ढाका मेडिकल कलेज शिक्षण अस्पतालका एक अधिकारीका अनुसार विष्फोटस्थलबाट १४ जनाको शव अस्पतालमा ल्याइएको छ । अस्पतालका निर्देशक ब्रिगेडियर जनरल मोहम्मद नजमुल हकले अस्पतालमा एक सयभन्दा बढी घाइतेको उपचार गरिएको तथा धेरैलाई सघन उपचार कक्षमा राखिएको बताएका छन् ।घटनास्थलमा कम्तीमा ११ वटा दमकलले परिचालन भएका छन् । विस्फोटबाट पुरानो ढाकाको सिद्दिकी बजार क्षेत्रमा एउटा साततले र अर्को पाँचतले दुईवटा भवनमा क्षति भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । विष्फोट साततले भवनमा भएको हो । विस्फोटबाट नजिकैको भवनमा रहेको बैंकमा पनि क्षति भएको छ भने सडकको छेउमा रहेको यात्रुवाहक बसमा पनि क्षति भएको छ । विस्फोटको कारण खुलेको छैन ।

बेलाबेलामा बङ्गलादेशमा कारखानामा कामदार फस्नेलगायत औद्योगिक दुर्घटना भई रहन्छन् । प्रभावकारी सुरक्षा उपाय अवलम्बन नगर्दा यस्ता दुर्घटना हुनेगरेको आरोप पीडित पक्षले लगाउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *