बिपिडब्लु लघुवित्तको आईपीओ आजदेखि सर्वसाधारणमा जारी
बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको छ । कम्पनीले सर्वसाधारणका छुट्याएको आईपीओमध्ये १० प्रतिशत आईपीओवैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरी बाँडफाँट गरिसकेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीमा कम्पनीले माघ २२ गतेदेखि फागुन ८ गतेसम्म आईपीआ विक्री गरेको थियो । तोकिएको अवधिभित्र रीतपूर्वक आवेदन दिएका आवेदकलाई फागुन १७ गते आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणका लागि विक्री गर्न अनुमति पाएको थियो । कुल कित्ता शेयरमध्ये ९ हजार ७०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा बाँडफाँट गरिसकिएको छ । विक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडले दिएको जानकारीअनुसार १० कित्तादेखि १ हजार कित्तासम्म माग गर्ने १५ हजार ९१८ जना आवेदकहरूमध्ये ९७० जनालाई गोलाप्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको हो । यीबाहेक बाँकी १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएरबाँकी ८० हजार ९५० कित्ता आईपीओ सार्वजनिक निष्कासनमा ल्याइएको हो ।
यो आईपीओ छिटो अवधि फागुन २३ गतेसम्म विक्रीमा रहनेछ भने सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २ गतेसम्म विक्रीको अवधि लम्बिनेछ । सर्वसाधारणमा आईपीओ विक्री खुला हुँदा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ छिटो अवधि फागुन २३ गतेसम्म मात्र विक्री रहनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम१ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्युअर डबल बी माइनस रेटिङ प्रदान गरेको छ। कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडसँगै धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।