प्रचण्डको गुनासो : ओलीले पटकपटक अपमान गरेका छन्


काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिस डाँडामा शुक्रबार प्रदेश १ का जिल्ला अध्यक्ष र सचिवहरुसँगको भेलामा अध्यक्ष प्रचण्डले, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई बारबार अपमान गरेको भन्दै गुनासो गरेका छन् ।

ओलीले आफूलाई गन्दै नगनेको भन्दै गुनासो गरेको प्रदेश १ का एक केन्द्रीय सदस्यले बताए।उनले आफू पार्टीको कार्यकारी अध्यक्ष भए पनि ओलीले स्वीकार नगरेको र आफूले बोलाएको बैठकलाई पनि गुटको भेला भनेर नामाकरण गर्ने गरेको बताए ।प्रचण्डले आफूलाई ओलीले रबर स्ट्याम्प अध्यक्ष ठानेको भन्दै भेलामा गुनासो गरेका थिए ।

उनले पेरिसडाँडाको भेलालाई गुटको भेला होइन भन्दै आफूलाई अध्यक्षको रुपमा कहिल्यै नहेरेपछि यस्तो कदम चाल्नुपरेको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *