अख्तियारलाई लेखा समितिको पत्र : स्वास्थ्य सामग्री खरिद छानविन गर्नु
स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको निष्कर्ष,संसदको सार्वजनिक लेखा समितिले निकालेको छ । समितिले औषधि खरिद प्रक्रियामा अनियमितता भएको भन्दै कारबाही प्रक्रिया थाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ ।
शुक्रबार बसेको समितिको बैठकमा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पनि उपस्थित भएका थिए । मन्त्री ढकालले भने स्वास्थ्य सामग्री खरिदमा बिलम्ब नहोस् भनेर छिटो छिटो काम गरिएको र, अनियमितता नभएको दाबी गरेका छन् ।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागको सिफारिसमा सार्वजनिक खरिद अुनगमन कार्यालयले गत भदौमा ओम्नी समूहलाई एक वर्षका लागि कालोसूचिमा राखेको छ ।
सम्झौता अुनसार चीनबाट स्वास्थ्य सामग्री नल्याएको भन्दै चौतर्फी रुपमा ओम्नीको विरोध भएपछि स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको सम्झौता रद्द गरेको थियो ।