प्रुडेन्सियल इन्स्योरेन्सले कमायो ४ करोडभन्दा बढी नाफा


प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म रू. ४ करोड १ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको यसै अवधिसम्मको तुलनामा भने कम्पनीको खुद नाफा ४३ दशमलव २४ प्रतिशत कम भएको हो ।गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ करोड ७ लाखभन्दा बढी खुद नाफा गरेको थियो । यस वर्ष कम्पनीको आम्दानी करिब ३८ प्रतिशत कम हुँदा खुद नाफामा असर परेको हो ।

गत वर्ष रू. १२ करोड २५ लाखभन्दा बढी आम्दानी गरेको कम्पनीले यस वर्ष रू. ७ करोड ६४ लाखभन्दा बढी मात्र आम्दानी गरेको हो । खर्च भने गत वर्षभन्दा करिब ३० प्रतिशत कम रू. ३ करोड ६२ लाख भएको छ ।

७ प्रतिशत बोनस शेयरमार्फत चुक्तापूँजी बढाएर रू. १ अर्ब १८ करोड ६१ लाख ४५ हजार पु¥याएको कम्पनीको जगेडा कोष रू. २८ करोड ५९ लाखभन्दा बढी र बीमा कोष रकम रू. ६९ करोड ८९ लाखभन्दा बढी रहेको छ । दोस्रो त्रैमाससम्म कम्पनीको कुल बीमाशुल्क गत वर्षभन्दा ४ प्रतिशत कम रू. ६४ करोड ३७ लाखभन्दा बढी छ ।

यस अवधिसम्म कम्पनीले गत वर्षभन्दा ११ प्रतिशत बढी रू. ३६ करोड ५२ लाख कुल दाबी भुक्तानी गरेको छ । दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानी रू. १३ दमलव ५५ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १८५ दशमलव ३० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *