जनयुद्ध दिवसमा बिदा दिएर सरकारले कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजेको हो?


नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनयुद्ध दिवसमा बिदा दिएर सरकारले कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजेको भनी प्रश्न गरेका छन्।

सोमबार बिहान ट्वीट गरी कोइरालाले जनयुद्ध दिवसलाई संविधानले चिन्दै नचिनेको भन्दै जनतासामु के सन्देश दिन खोजेको हो? भनेर प्रश्न गरेका हुन् ।

एकातिर प्रधानमन्त्रीले सार्वजनिक बिदा धेरै भयो भनेको अर्कातिर जनयुद्ध दिवसका नाममा बिदा दिने घोषणा गरेको भन्दै कोइरालाले देश कता जाँदैछ ? भनेर सोधेका छन्।

‘एकातिर स्वयं प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संबिधानले चिन्दै नचिनेको जनयुद्ध दिवस का नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । आम नेपाली जनतासामु सरकारले के सन्देश दिन खोजेको? देश कता जाँदैछ? कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिदैछ?’ उनले लेखेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *