सभामुखविरुद्ध सर्वोच्चमा मुद्दा पेसी चढ्यो, आज सुनुवाइको पालो आएन
काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधि सभाका सभामुख अग्नी सापकोटाको मुद्दामा पेसी चढेको छ।
काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको आरोप लगाउँदै तत्काल कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन्।
२०६२ वैसाख १६ गते काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका लामालाई माओवादी लडाकुले अपहरण गरेपछि बेपत्ता बनाएका थिए।
आजका लागि सापकोटाको मद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा,मीरा खड्का, दीपककुमार कार्की,हरी कृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा परेको थियो। तर पेसी चढेपनि उक्त मुद्दामा सुनुवाइ भने नहुने भएको छ। उक्त मुद्दालाई नभ्याइनेु मा राखिएको छ।