नेपाली खानालाई विश्वसामू चिनाउनु नै ठूलो विजय हो : सन्तोष शाह


लण्डन । विश्व प्रतिष्ठित टिभी रियालिटी शो ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ बिहिबारबाट समाप्त भएको छ । विगत केहि हप्तादेखि चल्दै आएको सो प्रतियोगितामा भाग लिँदै आएका नेपाली मूलका सेफ सन्तोष शाह उपविजेता बनेका छन् ।
बीबीसी वानमा बिहिबार बेलुका प्रसारित अन्तिम प्रतिस्पर्धामा तीनजना सेफहरुबीच प्रतिस्पर्धा भएको थियो ।उक्त ग्रान्ड फिनालेको प्रतियोगितामा सन्तोषले नेपाली ढाकाटोपी लगाएर सहभागिता जनाएका थिए ।
प्रतियोगितामा दुईजना प्रतिस्पर्धीहरुलाई पछि पार्दै बेलायतकै २५ वर्षीय आलेक्स वेबले ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ उपाधि हात पारेका छन् । आफू विजेता नभएपनि विश्वसामू नेपाली खाना पुर्याएर विदेशी एवम् नेपालीको मन जित्न सफल हुनु नै सबैभन्दा ठूलो सफलता भएको सन्तोषले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *