रास्वपाको सभापतिमा रवि लामिछाने चयन


राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिने निर्णय गरेको छ ।

गत शुक्रबार सर्वोच्च अदालतले प्रक्रिया पुर्‍याएर पुनः नेपाली नागरिकताको प्रमाणपत्र नलिएको भन्दै लामिछानेको सांसद र उपप्रधान तथा गृहमन्त्रीबाट पदमुक्त गरेसँगै पार्टी सभापतिबाट अगल भएका थिए ।

तर, आइतबार बिहान लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अमेरिकाको नागरिकता परित्याग गरेको निस्सा बुझाएका थिए । निस्सा बुझाएको केही समयमै उनले पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिए ।त्यसपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको बैठकले लामिछानेलाई पार्टीको सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *