उपकार लघुवित्तको बम्पर लाभांश घोषणा


उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजीको ६१ दशमलव ७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ३ दशमलव २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि  शेयरधनीले पाउनेछन् । माघ १३ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले उक्त लाभांशसम्बन्धी प्रस्ताव गरेको हो । कम्पनीले शेयरधनीलाई पहिलोपटक लाभांश वितरण गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *